चन्द्रागिरि वडा नं. १० को सुगर तथा प्रेसर रोगको औषधि वितरण सम्बन्धमा सूचना

चन्द्रागिरि नगरपालिका वडा नं. १० ले सुगर तथा प्रेसर रोगको औषधि वितरण सम्बन्धमा सूचना जारि गरेक छ।

च.न.पा का वडाध्यक्ष शिब कुमार महर्जन द्वारा जारि गरिएको उक्त सुचनामा चन्द्रागिरि नगरपालिका वडा नं. १० का ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई सतुंगल स्वास्थ्य चौकीबाट प्रत्येक महिनाको तेस्रो हप्ता आईतबार र सोमबारका दिन एक महिनाको लागि सुगर र प्रेसर औषधी वितरण गर्ने भएको हुदाँ सबै सरोकारवालाहरुमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको उल्लेख गरेको छ ।

यसै संगै आवश्यक कागजातहरु :

  •  नेपाली नागरिकताको छायाँ कपी ।
  •  आफुले खाईरहेको औषधी (सुगर/प्रेसर) को कागजातको छायाँ कपी ।

नोट : कार्तिक महिनाको तेस्रो हप्ता (मिति २०७९/०७/२० आईतबार र मिति २०७९/०७/२१ गते सोमबार)
षधि वितरण हुने ।