भोलि चन्द्रागिरि वडा नं. ११ सतुङ्गलमा “चन्द्रागिरि सडक महोत्सव २०८०” हुने

चन्द्रागिरि नगरपालिका वडा नं ११ ले चन्द्रागिरि सडक महोत्सव २०८० गर्ने सार्वजनिक सुचना जारि गरेक छ।

च.न.पा ११ वडाध्यक्ष  नरेन्द्र राज श्रेष्ठ द्वारा जारि गरिएको उक्त सुचनामा हिन्दुहरुको महान चाड शुभ विजया दशमी २०८० को अवसरमा स्थानीय उत्पादनको बजार प्रर्वद्धन गर्ने उद्देश्यका साथ आयोजित १ दिने “चन्द्रागिरि सडक महोत्सव २०८०” मिति २०८० आश्विन २० गते शनिवार संचालन गर्ने कार्यक्रम रहेको हुँदा यस चन्द्रागिरी नगरपालिका वडा नं. ११ का वडावासी, नगरवासी तथा सम्पुर्ण महानुभावहरुमा उक्त महोत्सव अवलोकन गरि महोत्सवको गरिमा बढाईदिनुहुन यसै सूचना मार्फत हार्दिक अनुरोध  गरिएको छ ।
” चन्द्रागिरि सडक महोत्सव २०८०” का आकर्षणहरु:
१. स्थानीय उत्पादनको हाट बजार
२. स्थानीय बाजा गाजा तथा नाच कार्यक्रम
३. सांगीतिक गजल कार्यक्रम (साँझ ५:३० बजे देखि)
४. स्थानीय नेवारी खानाको परिकार