चन्द्रागिरि नगरपालिका वडा नं १४ मा बुद्धिजिवी, महिला र युवा भेला आयोजना

चन्द्रागिरि नगरपालिका वडा नं १४, नयाँ नैकापमा वडाका बिकाश प्रेमी शुभ चिन्तक तथा बुद्धिजिवी भेला , महिला भेला र युवा भेला गरि छुट्टाछुट्टै भेला चन्द्रागिरि नगरपालिका वडा नं १४ ले आयोजना गरेको छ। उक्त भेला कार्यक्रममा पुर्व मन्त्री तथा काठमाडौँ क्षेत्र नं. ९ का सांसद माननीय कृष्ण गोपाल श्रेष्ठ र बागमती प्रदेश सभा सदस्य तथा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति माननीय केशब प्रसाद पोखरेलको उपस्थित रहेका थिए।

महिला एवम् युवा वर्गलाई समान स्थितिमा पुर्याए मात्र मुलुकको सर्वाङ्गीण विकास सम्भव छ। समृद्धि र विकासको आधार भनेको युवा र महिलालाई समान अवसर हो। युवा शक्ति बिनाको मुलुकको विकास कल्पना बाहिरको विषय हो। महिला या युवालाई रोजगारी सहितका समान अवसरका लागि नीति निर्माण तहमै आमूल परिवर्तन चाहिन्छ।

युवा तथा महिला भेलाको सुझाव यस्तै रहयो भने वडाका विकासप्रेमी, शुभचिन्तक र बुद्धिजिवीहरुले वडा भित्रका अल्पकालीन, मध्यकालीन र दिर्घकालीन बिकासका साथै वडामा सुशासन कायम गर्न र समग्र वडाको बिकासका लागि वडाले गर्नु पर्ने कार्य तथा योजनाहरुको बिषयमा सल्लाह सुझाव दिनु भयो र यसरी बडाले भेला नै बोलाई सल्लाह सुझाव संकलन अभियान कार्य गरेकोमा निर्वाचित वडा अध्यक्ष लगायत समग्र वडा परिवारलाई धन्यवाद दिनुका साथै यसको निरन्तरताका लागि अनुरोध गरेको छ । यस भेला लाई वडाले निरन्तर दिने चन्द्रागिरि नगरपालिका वडा नं १४ का वडा अध्यक्ष श्री राज भाई महर्जनले बताउनु भयो।