च.न.पा वडा नं ४ ले पाठेघरको जाँच स्वास्थ्य शिविर संचालन गरेको छ।

चन्द्रागिरि नगरपालिका वडा नं ४ ले महिलाहरुको पाठेघरको जाँच सम्बन्धि स्वास्थ्य शिविर संचालन गरेको छ। थानकोट प्राथमिक अस्पतालका डाक्टर मिलन बोम्जनज्युले महिलाहरुमा स्तन क्यान्सर पछि दोश्रो खतरनाक रुपमा रहेको पाठेघरको क्यान्सर रहेको र समयमै चेकजाँच गर्नाले पाठेघर क्यान्सरबाट बच्न सकिने जनाउनुभयो। उक्त शिविरको उद्घाटन गर्दै च न पा वडा नं ४ का वडाध्यक्ष कृष्ण प्रसाद खड्गीज्युले पहिलो चरणमा वडा नं ४ को लगभग १५०-२०० महिलालाई परिक्षण गरिने उक्त शिविरमा दोश्रो चरणमा अन्य वडाका महिलालाई पनि उक्त शिविरको सेवाले लाभान्वित गरिने कुरा जानकारी गराउनुभयो। सो शिविर च न पा-४ मा अवस्थित प्राथमिक अस्पतालमा संचालन भएको थियो।