चन्द्रागिरि- ३मा स्थानीयहरू संग छलफल नगरि ट्राफिक संरचना बनाईन लागेकाे भन्दै ज्ञापनपत्र

चन्द्रागिरि।

चन्द्रागिरि नगरपालिका ३ का स्थानीयहरूले ट्राफिक कार्यालयलाई स्थानीय संग छलफल नगरि संरचना बनाउन जग्गा दिएकाे प्रति आपती प्रकट गरेका छन् ।

चन्द्रागिरि नगरपालिका ३ का स्थानीयहरूले स्थानीय संग विना छलफल ट्राफिक कार्यालय बनाउन कार्यपालिका बैठकले निर्णय गरेकाे भन्दै ज्ञापन पत्र सहित ध्यानाकर्षण गराएका हुन् ।

थानकोट ३ का स्थानीयहरूले परापूर्वकालदेखी संरक्षण भइआएको जग्गामा स्थानीयहरू संग छलफल र प्ररामर्श नलिई संरचना निर्माणका लागि जग्गा दिने निर्णय भएकोमा असन्तुष्टि व्यक्त गर्दै सो निर्णय रोक्न नगरप्रमुखसँग माग गरेका छन् ।

नगरपालिकाले भने प्रहरीले चन्द्रागिरिका विभिन्न पाँच स्थानमा सुरक्षाकर्मीहरूका लागि जग्गा माग भएकाे र शान्ति सुरक्षामा नगरपालिकाले भुमिका खेल्नु पर्ने हुदाँ कार्यपालिका बैठकमा छलफल भइरहेको बताए । नगरप्रमुख गिरीले भने,” चन्द्रागिरिकाे इन्द्रदह,दहचाेक सृजनाचाेक,मातातिर्थ,गोदाम, नागढुङ्गा र मसिने नाकामा सुरक्षा निकायबाट जग्गा उपलब्ध गराइदिन पटकपटक अनुरोध भइरहेको छ त्यसका लागि व्यवस्था गर्छाै ।”