चन्द्रागिरि नगरपालिका वडा नं ४ को सर सफाई अभियानमा साथ र सहयोग गरिदिनु हुन् सुचना

388

चन्द्रागिरि नगरपालिका वडा नं ४ ले झिगु पुचलाइ सर सफाई अभियानमा साथ र सहयोग गरिदिनु हुन् सार्वजनिक सुचना जारि गरेक छ।

च.न.पा ३  वडा सचिव नबराज बानिया द्वारा जारि गरिएको उक्त सुचनामा यस वडामा रहेको झिगु पुच सामाजिक संस्थाले यस आर्थिक वर्षमा चन्द्रागिरि नगरपालिकालाई फोहर मुक्त क्षेत्र वनाउने उदेश्यका
साथ कार्य गर्ने योजना अनुसार हाल चन्द्रागिरि नगरपालिका वडा नं. ३ र ४ बाट सरसफाई अभियान संचालन अर्न्तगत प्रथम र दोश्रो चरणमा आनन्द भैरव देखी सरस्वती स्थान सरसफाईको क्रममा च्यान खोलामा अव्यवस्थीत रुपमा
खोलामा प्रदुषण गर्ने कार्य भएको देखिएकोमा सो प्रदुषण गर्ने ब्यक्ति तथा संघ संस्थालाई प्रदुषण रोक्न आवश्यक पहल कदमी गरीदिन अनुरोध गरिएकोले उक्त क्षेत्रको खोलामा प्रदुषण गर्न तत्काल बन्द गर्न हुन जानकारी गराईन्छ
बन्द नगरिएमा नगरपालिकाको ऐन अनुसार डण्ड जरिवाना गरिने छ, साथै झिगु पुच सामाजिक संस्थाले पानीघाट देखी त्रिबेणीघाट सम्मको सफाई अभियानमा साथ र सहयांग गरिदिनु हुन सम्पूर्ण वडावासीमा आदेशानुसार
हार्दिक अनुरोध गरिएको छ ।