चन्द्रागिरि नगरपालिका वडा नं ७ को त्रिवेणी धाम स्नान मेला लाग्ने सम्बन्धमा सुचना

चन्द्रागिरि नगरपालिका वडा नं ७ ले त्रिवेणी धाम स्नान मेला लाग्ने सम्बन्धमा सुचना जारि गरेक छ।

च.न.पा ७ का.वडाध्यक्ष राम शरण महतद्वारा जारि गरिएको उक्त सुचनामा चन्द्रागिरि नगरपालिका वडा नं-७ स्थित वाणस्थली त्रिवेणी नदि संगम त्रिवेणी धाममा यहि मितिः:२०७९/०७/२२ गते पूर्णिमाको दिन त्रिवेणी धाम स्नान धार्मिक जात्रा, मेला लाग्ने हुँदा उक्त दिन मेलामा सहभागि भै स्थानीय जात्रा पर्व मेलाको संरक्षण सम्वर्धन मा जुटि सहभागि भै धार्मिक मेला बाट पुण्य लाभ लिनुहुन वडा नं-०७ वडावासी तथा चन्द्रागिरि नगरबासी सम्पूर्ण श्रद्दालु भक्तजनहरुमा सूचनाद्वारा हार्दिक अनुरोध गरिएको छ।