मच्छेगाउमा एक परुष मृत फेला

चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाँउमा एक परुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनसार काठमाडौं चन्द्रागिरि नगरपालिका ९ टखेल नयाँबस्ती मच्छेगाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका २ घर भएका ४० वर्षीय राम काजी थामी सोमबार
मृत अवस्थामा फेला परेका छन् ।

घर निर्माणको काम गर्ने उनी काम गर्ने घरको कम्पाउण्डमा मृत फेला परेका हुन् । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।