
चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँको नयाँबस्तीबाट लाखौँको धनमाल चोरी भएको छ ।
प्रहरीका अनुसार दुर्गा राज बरालको घरमा कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडी नगद तथा जिन्सी समेत गरी करिब ३ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।