दिपशिखा र ब्लु बेल एफ.सी. नैकाप गोल्डकपको अन्तिम ८ मा

चन्द्रागिरि ।

दिपशिखा युवा समूह र ब्लु बेल एफ.सी. जारी दोश्रो संस्करणको नैकाप गोल्ड कप २०७४ को क्वाटर फाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

सोमबार सम्पन्न प्रिक्वाटर फाइनल खेलमा दिपशिखा युवा समूह, पुरानो नैकापले युथ हसन्टार क्लब, हसन्टारलार्इ ३-२ गोल् ले पराजित गर्यो । युथ हसन्टारले दोहोरो अग्रता लिएको अवस्थालार्इ जोगाइ राख्न नसक्दा ३-२ ले पराजित हुँदै घर फर्कियो ।

दिपशिखा युवा समुहका लागि इश्वर आचार्य, सरोज मगर र निरञ्जन बस्नेतले एक एक गोल गरे । म्यान अफ द म्याच दिपशिखा युवा समुहका गोलरक्षक विजय गुरुङ घोषित भए । हसन्टारका लागि सन्दिप कार्की र रंजित गुरूङले १-१ गोल् गरे ।  

त्यस्तै सोमबार नै सम्पन्न अर्को प्रिक्वाटर फाइनलमा कालिका ब्याटमिण्टन क्लब, नैकाप ब्लु बेल एफ.सी.क्लब, वाडभन्ज्यांग सँग पराजित भयो । २-१ गोल ले विजयी भएको ब्लु बेलका लागि सोम थापा र कर्फु रसाइलीको गोल गरे भने कालिकाका लागि सुनिल सुवेदीले १ गोल् गरे ।  ब्लु बेलका गोलरक्षक कृष्ण चौधरी खेलको म्यान अफ द म्याच घोषित भए ।