धादिङमा ट्रक,माइक्रो र मोटरसाइकल ठोक्किए, किसीपिँडीका दुई जनाको मृत्यु

धादिङको गल्छी गाउँपालिकामा दुर्घटना हुँदा चन्द्रागिरीका ५ का दुई जनाको मृत्यु भएको हो।



jibss

चन्द्रागिरी नगरपालिका ५ काठमाडौंका २९ वर्षीय राज महर्जन र ३० वर्षीय कविकुमार महर्जनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

बुधबार दिउँसो चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाइकल काठमाडौंबाट नवलपरासीतर्फ जाँदै गरेको बा ४ ख ९१०३ नम्बरको माइक्रो बससँग ठोक्किएको हो।

त्यसपश्चात अनियन्त्रित भएको मोटरसाइकललाई चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ५६१४ नम्बरको ट्रकले किचेको प्रहरीले जनाएको छ।

हाल दुबै शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको उनले जनाए।

माइक्रोबस र ट्रक चालक दुबैलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।