धमाधम ब्याडमिण्टन प्रतियोगिता, अब अन्तर वडा हुँदै

चन्द्रागिरि ।

चन्द्रागिरि नगरपालिका अन्तर वडा स्तरीय पुरूष डबल्स ब्याडमिण्टन प्रतियोगिता अायोजना हुने भएको छ । साबिक महादेवस्थान गा.वि.स.को प्राङ्गणमा भदाै २४ गतेबाट सुरू हुने प्रतियोगिताको विजेताले नगद रू २५ हजार नगद सहित ट्रफि हात पार्नेछन् । त्यस्तै उपविजेता जोडीले रू. १५ हजार  प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुइ जोडीले  ५ हजार रूपैँया प्राप्त गर्नेछन् ।

अायोजक चन्द्रागिरि विकास मञ्चका अनुसार चन्द्रागिरि नगर क्षेत्रका जो कोही सहभागि हुन सक्ने प्रतियोगितामा सहभागि हुने खेलाडी जोडीहरू एकै वडाका हुनुपर्नेछ ।