नैकाप गोल्ड कप सुरू, पहिलो खेलमा ढुङ्गेअड्डा युनेस्कोको जित

चन्द्रागिरि ।

चन्द्रागिरि स्पोर्टस क्लबको अायोजनामा काठमाण्डाै जिल्ला पश्चिम भेगको प्रतिष्ठित नैकाप गोल्ड कप २०७४ सोमबार बाट सुरू भएको छ । चन्द्रागिरि १४  नैकाप स्थित स्थानीय फुटबल मैदानमा खेलाइने प्रतियोगिताका सबै खेलहरू नकअाउट शैलीमा खेलाइनेछ, अायोजकका अनुसार सहभागी ३२ टोलीलार्इ ४ पुलमा विभाजन गरिएको छ ।

नगरप्रमुख घनश्याम गिरीले उद्घाटन गरेको यस प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न एकमात्र खेलमा ढुंगेअड्डा युनेस्को क्लबले प्रयासरत नेपाल लार्इ ५-१ गोल् अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । खेलमा युनेस्को लार्इ विजयी गराउन समिर कार्की र रूजित पुडासैनीले २-२ तथा सुजित बुढाथोकीले १ गोल गरे, बुढाथोकी खेलको उत्कृष्ठ खेलाडी चुनिए । पराजित प्रयासरत नेपालका सिद्धार्थ कार्कीले १ गोल गरे ।

 प्रतियोगिता अन्तर्गत मंगलबार ३ खेलहरू हुनेछन् जसअनुसार बिहान ८ बजे कार्की युथ क्लब नैकाप र समाज सुधार क्लव थानकोट चेकपोष्ट बीच खेल हुनेछ भने दिउँसो १ बजे दिपशिखा युवा समूह पुरानो नैकाप र नैकाप युवा समूह बीचको खेल हुनेछ । मंगलबार नै कालिका ब्याटमिनटन क्लब, नैकाप र जीनिएस आइ. टी. सोलुसन,पुतलीसडक बीचको खेल दिउँसो ३ बजे सुरू हुनेछ ।