ब्लड क्यान्सरबाट पीडित तामाङलाइ आर्थिक सहयोग

ब्लड क्यान्सरबाट पीडित ११ वर्षीय मन्जित तामाङको उपचारकालागि जापानको नागोयामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन | चन्द्रागिरी नगरपालिका वडा नं. २ बाद भन्ज्यांग श्रीसापानिका तामाङलाइ उपचारकालागि जापानबाट रु ७७,१२० (रुपयाँ) समाजसेबी रबिन्द्र रिजालको हातबाट सहयोग रकम सहयोग समितिका सदस्य धुर्ब कडायत र श्रवण सुवेदी लाइ हस्तान्तरण गरिएको हो | साथै तामाङको उपचारकोलागि समाजसेबी रबिन्द्र रिजालबाट १३ हजार, सुभद्रा भुजेल बाट ५ हजार तथा नन्द महर्जनले ५ हजार थप आर्थिक सहयोग गरेका छन् | भारतको मुम्बई स्थित् टाटा मेमोरीयल अस्पतालमा तामाङ केहि दिन देखि उपचाररत छन |