“सडक सुन्दरता बढाउन सडक किनारामा रङीबिरङ्गी फोहोर “

“नेपाल भ्रमण बर्ष नजिकिदै गर्दा स्थानियहरु भने चिन्तामा ” सडक किनारामा यत्रतत्र छरिएका फोहोर मैला ! यो दृश्य चन्द्रागिरी नगरपालिका वडा नम्बर २ मा पर्ने कलन्की नागढुङा सडक खण्डको हो । जताततै चाउचाउ , कुरमुरे , गुट्का का खोलहरु भेटिन्छन अन्य सडक सुन्दरता बिगार्ने फोहोरहरु त कति हो कति ।फोहोर मैला ब्यब्स्थापनमा करोडौ बजेट छुट्टाए पनि यस्को कार्यान्वयन न नगरपालिका ले नै गर्यो न सम्बन्धित वडा कार्यालय ले नै न त सम्बन्धित ब्यब्सायीले नै अझै भनौ आधुनिक सभ्यतामा हाराउदै ठाँट सङ्ग यी बस्तुहरु उपभोग गर्ने आम उपभोक्तहरुले नै । पर्यटकिय नगरीको टाइटल बोकेको चन्द्रागिरी नगर फोहोरमैला ब्यब्स्थापनमा चुकेको प्रस्ट देखिन्छ । डाटा अनुसार दैनिकरुपमा करिब १० टन भन्दा बढी फोहर उत्पादन हुने अनुमान गरिएको छ जस मध्य घरेलु फोहोर ३० प्रतिशत , ५० प्रतिशत उधोग कलकारखाना र २० प्रतिशत खुद्रा पसल तथा होटलहरु बाट निस्कने गर्छन ।

यति धेरै मात्रामा फोहोर उत्पादन हुन्छ तर ब्यब्स्थापनका उपाय चै छ्दै छैन जस्तो देखिन्छ । आक्कल झुक्कल विभिन्न संस्था हरुले सरसफाइ अभियान गरि टोपल्छन दुई चार वटा फोटाहरु सामाजिक सन्जालमा देखाउछ्न तर त्यसकै भोलीपल्टै त्यही अभियानमा जुटेका अभियन्ताहरुनै त्यही ठाउमा फोहोर फ्याकिरहेको अबस्थामा भेटिन्छन । आखिर कहिले सम्म फोहोरले सझिएको हाम्रो नगर माथी गर्व गर्ने ??? सम्बन्धित निकाय अझै विशेषगरी चन्द्रागिरी नगरपालिकाको ध्यान जावस अनि आफ्नै चोक सडक अनि बजारमा फोहोर फ्याक्ने आम व्यापारी तथा उपभोक्ताहरु लाई पनि लाज लागोस नेपाल भ्रमण बर्ष २०२० भब्यताको साथ नयाँ सोच बिचार अनि अधिक पर्यटक भित्राउने बर्ष बनोस ,स्वच्छ सफा हराभरा चन्द्रागिरी बनोस सबैमा शुभकामना ।

“एउटा सचेत युवा जो हरेक प्रहर समाज रुपान्तरणको अभियानमा जुटेको छ र समाजको प्रतिनिधित्व गर्दै आवाजहरु बुलन्द पार्दै छ ।।”