
चन्द्रागिरी -२ झ्याप्लेखोलामा दुर्घटना प्रकृतीको सनखत हुननसकेको अन्दाजी ३० बर्ष उमेरको पुरुषको मृत शरीर भेटिएको छ । बुढाथोकी थरको मृतकको शरीर झ्याप्लेखोला स्थित होटल लाइनको सडक किनाराको पर्किङमा फेला परेको हो तर मृतक कहाँ बाट आए , कसरी दुर्घटना भयो भन्ने बारे स्थानिय होटल ब्यबसाही आफुहरुलाई थाहा नभएको बताउछन घटनाको जानकारी आए पश्चात् महानगरिय प्रहरी प्रभाग नागढुङा बाट प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काको टोलिले घटना स्थलको जाँच तथा मुचुल्का उठाइ शव उठाइएको थियो ।
मृत शरिरको टाउको पुर्ण रुपले ओजनदार बस्तुले पेलिएको देखिन्छ तर कसरी दुर्घटना भयो भन्ने खुल्न सकिएको छैन यधपी राती बास बसेका गाडीहरुको विवरण लिइ अपराधी पत्ता लगाउन प्रहरी प्रभाग नागढुङ्गा र खानिखोला लागि परेका छन ।