धादिङमा सवारी दुर्घटना पश्चात चौतारी समितिले बेवास्था गरेको भन्दै मृतकका आफ्न्त र स्थानियले गरे गुर्जुधारामा सडक जाम

983

रोशन दानी,

धादिङमा सवारी दुर्घटना वाट मृत्यु भएका आफ्न्तले समितिले बेवास्था गरेको भन्दै सडक अवरुद्ध पारेका छन् ।
धादिङ बेल्खु पुथ्वीराजमागको नौविसे मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा नं ४ बेल्खु खोलामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भए पछि यातायात समितिले बेवास्था गरेको भन्दै आफ्न्त र स्थानियहरुले कंलकी नागढुङ्गा सडक खण्ड अन्तर्गत गुर्जुधारमा सडक अवरोध गर्दे विरोध प्रर्दशन गरेका हुन ।

तीन दिन वितिसक्दा पनि चौतारी समिति बेखवर रहेको, मृतकको परीवार संग सम्पर्कमा नआएको, मान्छे मार्ने चालकलाई कारवाही गर्नु पर्ने, र मृतकको परिवारलाई उच्ति क्षेतिपुर्ति दिनु पर्ने भन्दै राजधानी वाट वाहिरिने र भित्रनै माईक्रोवसलाई नियन्त्रणमा लिई गुर्जुधारामा रहेको भेहिकहल ऐकेडेमी सेन्टर भित्रको खाली जग्गामा राखेर विरोध प्रर्दशन गरेका हुन ।

स्थानियको विरोध प्रर्दशनका कारण कंलकी नागढुगा सडक केहि वेर अस्त व्यस्थ भएको हो । विहान ७ वजे देखि सुरु भएको विरोध प्रर्दशन दिउसो १२ वजे पछि नगर प्रमुख घनश्याम गिरीको उपस्थितीमा विषेश समिति वनाउने र मृतकको परीवारलाई उचित व्यवस्थापन गर्न नगर प्रमुख लगायत स्थानिय जनप्रतिनिधि,मृतकका आफन्त समाजसेवी लगायतको विषेश समिति वनाएर जार्ने सहमति प्रश्चात माईक्रो वसलाई छाडिएको थियो ।

चन्द्रगिरी वडा नम्वर १२ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ, र ५ का वडा अध्यक्ष अनिरुद्ध महर्जनले मितकका परिवारलाई स्थानिय निकाय वाट हुन सक्ने सहयोग गर्ने वताए । उनीहरुले घटना भए देखि समितिलाई पटक पटक खवर गर्दा पनि कुनै चासो नदेखाएको प्रति स्थानियहरुले विरोध प्रर्दशनमा उत्रिएको हुन नसक्ने वताए ।

चितवनबाट काठमाडौं जाँदै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाइकलाई ,काठमाडौंबाट चितवन जाँदै गरेको बा ४ ख ५१०३ नम्बरको माइक्रोबससँग ठोकिएर काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नं १२ का कवि कुमार महर्जन र चन्द्रागिरी ५ का राजु महर्जनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनामा संलग्न माइक्रोबस, ट्रक र चालकहरूलाई भने प्रहरीले नियन्त्रणमा लिई सकेको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए ।

मृतकको शव पोस्टमार्ट पश्चात पनि गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तिन दिन देखि आफ्न्तले वुझन मानेका छैनन् । चालकका लापरभाहीले मोटरसाईक चालक दिन प्रतिदिन अशुरक्षित भएको भन्दै स्थानियहरुले गुनासो समेत गरेका छन् ।