बलम्वु अस्थायी आईसोलेसन ब्यवस्थापन समितिले कोभिड-१९ संक्रमित बिरामीलाई प्राथमिक उपचार प्रदान गर्ने उदेश्यले चन्द्रागिरि नगरपालिका वडा नं.१२ बलम्वुमा अवस्थित नहुंदा स्वस्थ सामुदायिक अस्पतालमा संचालन गर्न लागिएको अक्सिजन सहितको आईसोलेसन सेन्टरका लागि स्थानीय समुदाय, संघ/संस्थाबाट सहयोग हस्तान्तरण गर्ने क्रम जारी रहेको छ।
यसैक्रममा आज लाईन्स् क्लब अफ चन्द्रागिरि काठमाडौंका अध्यक्ष जयराम प्रसाद लुईंटेल र नेपाल तरुण दल काठमाडौं क्षेत्र नं.१० का सभापति ईश्वर लामाले संयुक्त रुपमा बलम्वु अस्थायी आईसोलेसन सेन्टरको लागि ५ थान सर्जिकल बेड सहित पिपिई सेट, स्यानीटाईजर, डिस्पोजल ग्लोब्स्, फेस शिल्ड, मास्क हस्तान्तरण गरिएको छ। त्यसैगरि, चन्द्रागिरि न.पा. वडा नं ७ का वडाध्यक्ष शम्भु के.सी.ले १० वटा पिपिई सेट हस्तान्तरण गरिएको छ भने गुर्जुधारा सहयोगी समुहले १० वटा अक्सिमिटर सहित स्यानीटाईजर, मास्क र डिस्पोजल ग्लोब्स् हस्तान्तरण गरिएको छ।
कोभिड-१९ संक्रमितलाई उच्च मनोबल सहित प्राथमिक उपचार सेवा प्रदान गर्ने गरी उक्त आईसोलेसन सेन्टर यहिं जेष्ठ ८ गते शनिवारदेखि संचालन हुने जानकारी बलम्वु अस्थायी आईसोलेसन ब्यवस्थापन समितिका अध्यक्ष बिकास महर्जनले बताउनु भएको छ।
हालै नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रेशित जानकारी अनुसार कोभिड-१९ को नयां भेरियन्ट पत्ता लागेको बिषम परिस्थितिमा महामारीले जस्तोसुकै रुप लिनसक्ने भएकाले समाजमा थप संक्रमण फैंलिन सक्ने भएमा त्यसको नियन्त्रण तथा रोकथाम गर्ने हेतुले सद्भावपूर्ण सहकार्य गरि नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्ड पालना गर्दै कोभिड-१९ संक्रमित ब्यक्तिहरुलाई उच्च मनोबलका साथ बस्ने तथा प्राथमिक उपचार सेवा प्रदान गर्ने आइसोलेसन सेन्टरको उदेश्य रहेको पनि अध्यक्ष महर्जनले बताउनु भएको छ।
Leave a Reply
You must be logged in to post a comment.