चन्द्रागिरी न.पा.वडा नं. १२ दोम्बुटोलबाट मोटरसाईकल चोरी गर्ने मानिस पक्राउ

मोटरसाइकल चोरी गरी राखेको प्राप्त सूचनाको आधारमा  एकजना मोटरसाइकल सहित पक्राउ परेका छन। थाहा न.पा. ७ चौबास बस्ने वर्ष ३० को दिपक सिंह थिङ लाई पक्राउ परेका छन।

प्रदेश ३-०२-००१ प ४५६२ नम्बरको २२० सि.सी.को निलो कलरको पल्सर मो.सा. र बा ८९ प ७५९८ नम्बरको २२० सि.सी.को निलो कलरको पल्सर मो.सा. चोरी गरी राखेको छ भन्ने व्यहोराको सूचना प्राप्त हुना साथ तत्काल  खटिएको विशेष प्रहरी टोली उक्त स्थानमा पुगी बरामद भएका मोटरसाईकल सहित दिपक सिंह थिङलाई नियन्त्रणमा लिई चोोरी शिर्षक मुद्दामा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कारबाहीको लागि म.न.प्र.बृत्त थानकोट पठाईएको छ।