“प्रथम बोसीगाउ खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता २०७४” आज बाट सुरु

“बोसीगाउ ब्याडमिन्टन समुह” को आयोजनामा “प्रथम बोसीगाउ खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता-२०७४” आज बाट सुरु भएको छ।

चन्द्रागिरी नगरपालिका का मेयर घनश्याम गिरी, उप मेयर लिसा नकर्मी, चन्द्रागिरी नगरपालिका १० नम्बर वडाका अध्यक्ष गोपाल कृष्ण महर्जन लगायतको आतिथ्यतामा सुरु उक्त प्रतियोगिताको पहिलो दिन दुई खेल सम्पन्न भएका छन। राजेश महर्जन/केशब महर्जन vs राजु कंडेल/केशब उप्रेती बिच भएको पहिलो खेलमा राजु कंडेल र केशब उप्रेतीको टिम बिजयी भयो। आजै सम्पन्न दोह्रो खेलमा रमेश श्रेष्ठ र पुष्प खड्का को टिमलाई पराजित गर्दै लोकेश्वोर बखाती र निर्मल निरौलाको टिम बिजयी हुन सफल भए। नेपालमा पहिलो पटक नगद रु १,००,००० (एक लाख) पुरस्कार राशी सहित आयोजना भएको यस प्रतियोगिता “बोसीगाउ ब्याडमिन्टन कोर्ट चन्द्रागिरी नगरपालिका वडा नम्बर १० बोसीगाउ” मा आगामी मङ्सिर १० गते सम्म चल्नेछ। उद्घाटन कार्यक्रममा बोल्दै चन्द्रागिरी नगरपालिका का मेयर गिरिले आगामी दिनहरुमा पनि चन्द्रागिरी नगरपालिका भित्र सन्चालित हुने बिभिन्न खेलकुदमा नगरपालिकाले साथ समर्थन र सहयोग पुर्याउने बताए।