
चन्द्रागिरी नगरपालिका क्षेत्रमा कराँते कलाका सुत्रधार नेपाल सितोरियो कराँतेका संस्थापक सदस्य, समाजसेवी तथा प्रजातन्त्रबादी नेता स्वर्गीय धन बहादुर महर्जनको स्मृतिमा धन बहादुर खेलकुद प्रतिष्ठानको आयोजनामा चन्द्रागिरी न पा-१० बोसिगाँउमा पाँचौ रास्ट्रिय अफिसियल कराँते प्रतियोगिता-२०७६ येहि पौष २५ र २६ गते हुने भएकोछ । पुरुष तर्फ २०,२५,३०,३५,४०,४५,५०,५५, ६०, ६७ र खुल्ला तौल समुहमा, महिला तर्फ २०,२५,३०,३५,४०,४५,५०,५५, ६१ र खुल्ला तौल समुहमा, पुरुष एकल काता सिनियर/जुनियर र महिला एकल काता सिनियर/जुनियर तर्फ हुने प्रतियोगिता २ दिन सम्म चल्नेछ । प्रतियोगितामा आयोजक टिम लगायत सातै प्रदेशका

टिम सहभागी हुनेछ भने तीन विभागिय टिम नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाका खेलाडीहरु पनि सहभागी रहनेछ । पाहुना टोलिको रुपमा भारतबाट दार्जिलिङको टिमले प्रतिस्पर्धा गर्नेछ । कराँते खेलको बिकास तथा सक्षम खेलाडी उत्पादन गर्ने उध्यश्यले आदरणीय गुरु धन बहादुर महर्जनको सम्झनामा यो प्रतियोगिता गर्न लागेका हौ – धनबहादुर खेलकुद प्रतिष्ठानका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका बरिष्ठ कराँते प्रशिक्षक संघरत्न महर्जन भन्नुहुन्छ । उहाँले बोसिगाँउमा विगत ८ बर्ष देखि निरन्तर निशुल्क कराते प्रशिक्षण दिइराख्नु भएको छ । २५ गते बिहान ८ बजे उद्घाटन तथा २६ गते दिउँसो ३ बजे समापनका कार्यक्रमहरु बोसिगाँउ स्थित बुद्ध मुर्ति अगाडिको चौरमा मा हुनेछ ।

