चन्द्रागिरि ।
२०७२ साल बैशाखमा गएका शक्तिशाली भुकम्पलेे भत्काएका मच्छेगाँउका ९८ घर परिवारका घर बनाउनका लागि जग्गा उपलब्ध व्यवस्था गरिएको छ । ल्याण्ड पुलिङ गरि टाैखेलस्थित ५३ रोपनी जग्गामामा १ सय १३ वटा प्लट तयार पारिएको छ । हरेक घरधनीले कम्तीमा साँढे २ अानाका दरले जग्गा पाएका छन् । अावासका लागि सहयोग परियोजना लुमन्ती को प्राविधिक सहयोग तथा वडा कार्यालयको अार्थिक सहायतमा जग्गा एकिकरण गरि नमुना वस्ती निर्माणको कार्य अघि बढाएको हो । सो कार्यका लागि वडा कार्यालयले १९ तथा लुमन्तीले २४ लाख रूपैँया अार्थिक सहयोग् गरेका थिए ।
Leave a Reply
You must be logged in to post a comment.