चन्द्रागिरी, काठमाडौँको दक्षिण पश्चिम भेगमा पर्ने मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरमा जेष्ठ २ गते देखि ३० गते सम्म मेला चल्ने छ । प्रत्येक पटक पुरुषोत्तम महिना (मलमासको अवधिभर) यहाँ मेला लाग्ने र मेला भर्न काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट हजारौँ भक्तजन सहभागी हुने गर्दछन ।
मत्स्यनारायण मेला अवसर मछेगाउँमा मन्दिर क्षेत्रको सरसफाईमा स्थानीय र संघ सस्थाहरु जुट्न थालेका छन् । मन्दिर पदमार्ग र आसपासका क्षेत्रमा पुष्पकमल बहुउद्देश्यीय सहकारी संस्था लि. साथै स्थानीयवासीले संयुक्त रुपमा सरसफाई गरेका छन् भने पुष्पकमल बहुउद्देश्यीय सहकारी संस्था लि.ले ५५ थान गमला उपलब्ध गराएको छ।
मच्छेगाउँमा लाग्ने यो मेलाका कारण एक महिना अवधिभर अत्यधिक भक्तजन आउने भएकाले यस क्षेत्रको व्यापार व्यवसाय पनि बढ्ने स्थानीयवासी बताउँछन् ।
Leave a Reply
You must be logged in to post a comment.