काठमाडौं। चन्द्रागिरी नगरपालिकाले कोरोना बिरुद्दको खोप लगाउने बारे सार्वजनिक सुचना जारी गरेको छ। प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले जेठ २३ गते जारि गरेको उक्त सुचनामा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा जारी गरिएको सुचना अनुसार कोभिड १९ बिरुद्दको खोप (चाइनिज भेरोसेल पहिलो डोज) अभियान जन स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना हुने गरि ६० देखि ६४ बर्ष उमेर समुहका ब्यक्तिहरुलाई २०७८ साल जेठ २५ गते देखि लगाइने भएकोले चन्द्रागिरी नगरपालिका अन्तरगत निम्न खोप केन्द्रमा बिहान १० बजे द्केही ४ बजे सम्म पहिलो मात्रा खोप लगाउन जान सम्बन्धित सबैलाई अनुरोध गरेको छ। साथै यस अघि इन्डियन कोभसिल्ड खोप लगायका ब्यक्तिहरुले यो खोप लगाउन नमिल्ने समेत जानकारी गराएको छ ।
खोप केन्द्र थानकोट प्राथमिक अस्पताल वडा नं ७ र ८ खोप संचालन हुने मिति जेठ २८ गते
लगाइने उल्लेख गरिएको छ ।
Leave a Reply
You must be logged in to post a comment.