तिन लाख धनराशि सहित दोश्रो मातातीर्थ गोल्डकप असोज २० गतेबाट सुरू हुने

दोश्रो मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिता असोज २०  गतेबाट सुरू हुने भएको छ ।

मातातीर्थ संरक्षण तथा विकास समिति द्वारा चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित फुटबल मैदानमा आयोजना हुने प्रतियोगिता यहि मिति २०८० साल असोज २० गते उद्घाटन भई कार्तिक ३ गते समापन हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले नगद रू तिन लाख र उपबिजेताले नगद रू दुइ लाख सहित ट्रफि हात पार्नेछन भने प्रतियोगितामा तेश्रो हुने टोलीले नगद एक लाख रूपैयाँ हात पार्ने बताइएको छ ।

व्यक्तिगत विधा तर्फका अब्बल खेलाडीहरूले जनही १० हजार रूपैयाँ तथा ट्रफि हात पार्दा अनुशासित टिमले २० हजार रूपैयाँ प्रोत्साहन रकम पाउनेछ ।

प्रतियोगितामा सहभागिताका लागि इच्छुकहरूले असोज १७ गतेभित्र टोली दर्ता गरिसक्नुपर्ने बताइएको छ ।