
चन्द्रागिरि।
चन्द्रागिरि नगरपालिका वडा नं. ८ मातातीर्थमा हावाहुरीका कारण रुख ढल्दा एक जना महिलाको मृत्यु भएको छ ।
गएराति बर्षासंगै आएको हावाहुरीले रुख ढल्दा रुखबाट च्यापिएर चन्द्रागिरि नगरपालिका वडा नं. ८ का ४२ वर्षीया निराकुमारी श्रेष्ठको मृत्यु भएको प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीकाले जानकारी दिनुभयो ।
उनको अनुसार मातातीर्थ कुण्डनजिक रूखको हाँगा खसेर लाग्दा उनि घाइते भएकी थिइन् ।
घाइते भएकी श्रेष्ठको उपचारको क्रममा ललितपुरस्थित सानेपाको इस्टार हस्पिटलमा आइतबार बेलुकी साढे ८ बजे मृत्यु भएको अधिकारीले जानकारी दिनुभयो ।
बर्षासंगै आएको हावाहुरीले स्थानीयका घरहरुका छाना उडेका छन् भने रुखहरु ढलेका छन् । त्यस्तै, विद्युत्का पोलहरु ढलेको छ ।