
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ बस्ने २८ वर्षीय महर्जन थरका युवालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महर्जनले ती किशोरीलाई ललाई फकाई काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित गेष्ट हाउसमा लगी विभिन्न मितिमा पटक पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई मातातिर्थस्थित बौथली चोकबाट पक्राउ गरेको हो ।