चनपा-२ वाडभन्ज्याङ्ग मा रक्तदान कार्यक्रम सम्पन्न ।

चन्द्रागिरी सरोकार समाजको आयोजना ,स्थानीय बाडभन्ज्याङ्ग युवाहरुको समन्वय र रक्त संचार सेवाको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

यस्तो विषम परिस्थितिमा अस्पतालमा रहेका बिरामिहरुलाई रगतको कमि हुन दिने उद्धेश्यले आयोजन गरिएको उक्त कार्यक्रममा ३४ जना दानविरहरुले आफ्नो रगत दान गर्नु भएको र उहाँहरुको यस मानवीय पुण्य कार्यको उच्च प्रसम्सा गर्दै कार्यक्रम संयोजक तथा चन्द्रागिरि सरोकार समाजका सचिव किरण पोखरेलले सहभागिता र यस कार्यक्रम सभ्य अनि सौहार्दपुर्ण वातावरणमा सम्पन्न गर्नको लागि सहयोग गर्नु हुने स्थानीय युवा, राजनितिकर्मी ,बुद्धिजीवी ,समाजसेवी ,सुरक्षा निकाय र सस्थाका पदाधिकारीहरु प्रती कृतज्ञता प्रकट गर्नु भयो । कार्यक्रमको सभापतित्व आयोजक सस्थाका अध्यक्ष श्री सरोज थापा ज्यु ले गर्नु भएको थियो ।