
नेवार समुदायका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस नेवा: नेपाल’को उपाधि चन्द्रागिरि नगरपालिकाको नयाँ नैकापकी सकिना महर्जनले जितेकी छिन् ।
नेप्लिज फेसन होमको आयोजनामा कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको फिनालेमा मिस नेवाः नेपालको उपाधि सकिनाले हात पारेकी हुन् ।
१७ युवतीबीच भएको १७औं संस्करणको मिस नेवाः नेपालअन्तर्गत, अर्स्ट रनरअपको उपाधि ऋषिदा श्रेष्ठ र सेकेण्ड रनरअपको उपाधि मिनाशा महर्जनले जितेकी थिन् ।
तस्बिर:- प्रदिप महर्जन