
शनिबार रातीबाट परेको अविरल वर्षाले नैकापमा सडक भासिएको छ । चन्द्रागिरि नगरपालिका वडा नं. १३, १४ र काठमाडाैं महानगर १४ को सीमा नैकापमा सडक भासिएको हो।
चन्द्रागिरि नगरपालिका वडा नं. १४ का वडाध्यक्ष राजभाइ महर्जनका अनुसार न्यू डायमण्ड स्कुल अगाडि चोकमा मंगाल भासिएर सडकमा ठूलो खाडल परेको हो । सवारीसाधन फस्ने, दुर्घटना हुने जोखिम भएका कारण सवारी साधन आवत जावतमा रोक लगाइएको वडाध्यक्ष महर्जनले जानकारी दिनुभयो ।
तस्बिर: चन्द्रागिरि नगरपालिका वडा नं. १४ का वडाध्यक्ष राजभाइ महर्जन।