काठमाडौ चन्द्रागिरी नगरपालिका वडा नम्बर २, कोरोना भाइरस (कोभिड १९) को माहामारी बाट आक्रन्त विश्व अनि नेपाल सरकार द्वारा जनस्वास्थ्य को ख्याल गरि लागू गरिएको लक डाउनको कारण जिबिका चलाउन मुस्किल परेका वडाबासी हरुलाई “काम का लागि नगद ” “राहत हैन ज्याला ” मुल नारा सहित बर्सौ देखि जोखिमपुर्ण पैदल यात्रा गर्न बाध्य चन्द्रागिरी नगरपालिका वडा नम्बर २ अन्तर्गतकै चिसापानी , थापाथोक , पिपलामोड क्षेत्रका सकारात्मक सोचका धनी उत्साही जोसिला जनसमुदायको हौसलापुर्ण श्रमदान प्रयोग गर्दै नागढुङ्गा पिपलामोड पैदल मार्गको ट्र्याक खन्ने कार्य सुरुवात गरिएको छ , पैदल मार्गको ट्र्याक निर्माण पश्चात् चन्द्रागिरी २ ( चिसापानी , थापाथोक , पिपलामोड )लगाएत धुनीबेशी नगरपालिका वडा नम्बर २ र ३ ( झाकृबन , चापागाईंथोक , कान्ले भदौरे , सिरानचौर ) का करिब ११०० घरधुरी ले जोखिमपुर्ण पैदलयात्रा बाट छुटकारा पाउने बिस्वास लिएका स्थानियबासीहरु यो अभियानलाई सफल बनाउन चन्डीभैरव मा. बि का शिक्षक बाबुराजा ढकालको अध्यक्षता मा ९ सदस्यीय निर्माण उपभोक्ता समिती समेत गठन गरेको बताउछन साथ साथै आफ्नै मत बाट चुनेका जनप्रतिनिधि हरु बाट यस किसिमको दीर्घकालीन सोच र उत्साहपुर्ण सहभागिता देखेर हामिले चुनेका जनप्रतिनिधि घुम्ने कुर्सिमा बसेर रातो कलम मात्र चलाउदैनन परि आए पिक र साबेल पनि चलाउन रत्तीभर संकोच मान्दैन भनेर खुशी ब्यक्त गर्छन । चन्द्रागिरी -२ को यो माहाअभियान पुर्णरुपमा सफल रहोस हाम्रो शुभकामना ।





Leave a Reply
You must be logged in to post a comment.