चन्द्रगिरि सिम्चा सतुङ्गलमा स्थानियहरुको पहलमा ४० ओटा सडक वत्ति जडान ।

रोशन दानी
काठमाण्डौं । राजधानीको चन्द्रगिरि नगरपालीका १० सिम्चा सतुङ्गल स्थित सानो गणेश मन्दि«र समाजले आफनो सेवा क्षेत्रको सडकमा सडक वत्ति जडान गरेको छ ।
टोल विकासले देउसी भैलो वाट संकलीत आफनो १ लाख २० हजार लागानीमा टोल क्षेत्रको सडकमा ४० ओटा सडक वत्ति जडान गरेको हो ।
सानो गणेश मन्दि«र समाजलले एक कायाक्रमको आयोजना गरी सडक वत्तिको उद्घाटन गरेको छ ।
पुर्व यु्वा तथा खेलकुद मन्त्री तथा प्रतिनिधि सभा सांसद राजेन्द्र केसीले स्वीच अनगरी सडक वत्तिको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा वोल्दै प्रतिनिधि सभा सांसद केसीले समाज रुपान्तरणमा जनसहभागीता भयो भने मात्र विकास प्रतिफलमुखी हुने वताए । उनले समाज सभ्य वनाउँन विकास निमार्णमा कसैले राजनिति गर्न नहुने धारणा राखे ।
कार्यक्रममा वोल्दै चन्द्रागिरि नगरका नगर प्रमुख घनश्याम गिरीले आगामी दिनहरुमा नगरले विकासमा भएको जनसहभागीलाई र योगदानको कदर सोरुप विषेश प्राथमिकताको आधारमा सहयोग गर्दे जाने वताए । उनले अपराध नियन्त्रणमा समेत सडक वत्ती फलदायी हुने विश्वास व्यत्त गरे ।
सडक वत्ती जडान पश्चात ३ सय घरधुरी लाभान्वित हुर्ने छन भने वाकी दुई सय घरधुरीलाई ३० ओटा वत्ती जडान गर्ने कार्य छिटै सञ्चालन हुर्ने कार्यक्रममा जानकारी दिएको छ ।
टोल विकास संस्थाका अध्यक्ष टोकमान श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रमको सहजीकरण संस्थका संलाहाकार रेश्म दवाडीले गरेका थिए ।

तस्बिर : अमृत श्रेष्ठ