असोज २ गते Happy Satungal Society ले रक्तदान कार्यक्रमको आयोजना गर्ने

नेपाल रेड क्रस सोसाइटी, चन्द्रागिरि र ब्लड दोनोर एसोसिएसन नेपाल, चन्द्रागिरि नगर समितिको समन्वय सहयोगमा यस Happy Satungal Society को आयोजनामा असोज २ गते सनिबारको दिन चन्द्रागिरि वडा १० स्तिथ सतुंगलको लाछी टोल मा बृहत रक्तदान कार्यक्रम सन्चालन हुने भएको हो ।



jibss

उक्त कार्यक्रममा प्रमुख अतिथि सांसद तथा पूर्व मन्त्री राजेन्द्र कुमार के.सी. र बिशेष अतिथि चन्द्रागिरि मयर घनश्याम गिरि रहेको छ। साथै Happy Satungal Society का संरक्षक राजेन्द्र महर्जन कार्यक्रम बारे प्रस्तुत गर्नु हुनेछ  भने Society का संयोजक प्रितम महर्जनले कार्यक्रमको सभापतित्वमा आसन गर्नु हुने छ ।