
काठमाडौं। काठमाडौं बाट ५ किलोमिटर पश्चिम पति पुर्वमा तीनथाना (बल्खु बिष्णु देवी मन्दिर ) दक्षिणमा मातातीर्थ (लोहोंकोट) मछेगाउँ र बोसिंगाउँ पश्चिममा किसीपिँडी (किपुल्चा) उतरमा नैकाप र बल्खु को बिचमा सतुंगल सत्यपुर छ। सतुंगल दक्षिणमा सत्यमति र उतर मा इन्द्रमती खोला बगिरहेको छ।
सतुंगल जरुचा मा यो पुरानो बस्ती, भन्ने कथान छ। त्यहाँ प्राकृतिक बिधोम्श भएकोले सात वडा खाल्डो खनी होम गरी यस गाउँ बसालेको हुनाले सत्यपुर भएको र त्यस पछि उक्त ठाउँ बाट हालको सतुंगल बस्ती भएको किम्बदन्तीमा छ।
सत्यपुर- पुरातात्विकमा भेटेको अनुसार ल.पु.ई. बल्खु सरस्वती स्थानमा बैष्णु देवीको (ने.सं. ७८८. वि.सं १७२४) अभिलेखमा बैष्णु देवीलाइ ढुंगाको गरुड़ ध्वज चढाएको सो को हेर बिचार गर्न सत्यपुर देवल ननीको तुलसी राम भारि लगाएत ५ जना व्यक्तिलाई जिम्मा दिएको उल्लेख छ। यस बाट मल्ल कालमा यस गाउँको नाम सत्यपुरले प्रख्यात छ। पछि सत्यपुर बाट सतुंगल भएको भन्ने देखिन्छ।
राजु राजोपाध्याय