नागढुंगा सुरुङ मार्ग निर्माण गर्न पाँचवटा चिनियाँ कम्पनीको आवेदन‌

1721

काठमाडौं : सुरुङमार्ग निर्माण गर्ने निर्माण कम्पनी छनोट गर्न महाशाखाले साउनमा बोलपत्र आह्वान गरेको थियो। बोलपत्रमा ६ कम्पनी सहभागी थिए। चीनका ५ र जापानको १ निर्माण कम्पनीले बोलपत्रमा प्रस्ताव बुझाएका थिए। महाशाखाले बोलपत्र आह्वान गरेको करिब १ वर्ष पनि ठेक्का लगाउन खोजेको हो।‘सुरुङमार्ग निर्माण गर्ने कम्पनी छनोट गर्ने काम अन्तिम चरणमा पुगिसकेको छ। बोलपत्र प्रक्रियामा सहभागी कम्पनीहरुको प्राविधिक मूल्याकन लगभग पूरा भएको छ। असारभित्रैमा निर्माण कम्पनी छनोट गरिनेछ। साउनसम्ममा निर्माण कम्पनी सुरुङमार्ग निर्माणस्थलमा परिचालन भइसक्नेछन्।

यो सुरुङमार्ग बनाउन काठमाडौं र धादिङतर्फको ३ सय ७६ रोपनी जग्गा अधिकरण गर्नुपर्नेछ। काठमाडौंतर्फको २ सय ६७ रोपनी र धादिङतर्फ १ सय ९ रोपनी जग्गा अधिकरण गर्नुपर्नेछ। अन्नपूर्ण पोष्ट बाट साभार