थानकोटमा चकु प्रहार गरि हत्या

काठमाडौं । चन्द्रागिरि वडा नं ३ थानकोट स्थिति मङगलोदय मा.बि नजिक महोतरी जिल्लाका जितेन्द्र शाहाको चकु प्रहार गरि हत्या गरिएको छ। प्रहरी वृत थानकोटका अनुसार चकु प्रहार गरेर २० वर्षीय शाहाको हत्या गरिएको हो। हत्या आइतबार राति तिर भएको हो ।




मेमोरी कार्ड बेच्ने बिषयमा विवाद भए पछि चन्द्रागिरि नगरपालिका- थानकोटका शोम राज गोपाली र मनोज ड़ोंगले हाल चन्द्रागिरि ३ मा डेरा गरी बस्ने शाहालाई चकु प्रहार गरेर हत्या गरेका थिए।

गोपाली र ड़ोंगको प्रहारबाट गम्भीर घाइते भएका शाहाको ट्रमा सेन्टमा आज बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरीले चन्द्रागिरि न्युज डट कम लाइ बताए। राज गोपाली र मनोज ड़ोंगलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका दुवै जना माथि थप अनुसन्धान भइरहेको प्रहरीले बताए।