प्रहरीले मच्छेगाउँ र थानकोटमा लक डाउन उल्लंघन गर्नेलाइ नियन्त्रणमा लिदै

काठमाडौं ।  महानगरीय प्रहरी बृत्त थानकोटले लक डाउन तोड्नेलाई नियन्त्रणमा लिइरहेको छ । सुक्रबार चन्द्रागिरि नगरपालिकाको विभिन्न ठाउँबाट गरी ८ जना महिला सहित ५५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बिहिबार लक डाउन तोड्नेकाे संख्या १९३ जना थियो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार शान्ति सुरक्षा सामान्य रहेको बताए।

कोही मर्निङ वाकमा र कोही रमितेजस्तै भएको बताइएको छ । उनीहरुलाई होल्डमा राखेर छानबिन गरेर निर्णय गरिने बताइएको छ । 

सरकारले चैत ११ देखि चैत २५ गतेसम्म लकडाउन गरेको छ । लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले दुई घण्टा नियन्त्रणमा लिइ छाडेको छ।

त्यस्तै, उनीहरूलाई त्यसैबीच कोरोनाभाइरसबारे जनचेतना समेत दिँदै आएको छ। अहिले घरमै बस्ने समय भएकाले जथाभावी बाहिर ननिस्कन पनि उनले आग्रह गरेका छन् । 

फोटो सोन्जय: देबेन्द्र महर्जन र शोणितपुर ,थक्वा यें