“सडकको धुलो बिरुद्ध नागरिक प्रदशन”

चन्द्रागिरी । चन्द्रागिरीको च.न.पा १५ वडाको बल्खु पुलदेखि कलंकी सम्मका स्थानियहरुले “सडकको धुलो बिरुद्ध नागरिक प्रदशन” भन्दै विरोध र्‍याली निकालेको छन् ।



jibss

जन प्रतिनिधि ९ काठमाडौंको कृष्ण गोपाल श्रेष्ठ सांसद, कलंकी-नागढुंगा सडक निर्माण क्रममा भएको लापरबाहीको जीमा सडक बिभाग लागायत सम्बन्धित पक्षले लिनु पर्ने तथा जनस्वास्थ्यमा पर्न गएको असरको एक मुस्ट क्षेतिपूर्ति ब्यहर्नु पर्ने तथा जनताको स्वछ हावामा स्वास फेर्न पाउने हकको रक्षा गर्नुका साथै आफ्नो तर्फबाट इमान्दारिताका साथ लाग्ने र स्व कार्यको लागि सम्बन्धित मन्त्रालयमा दबाब सिर्जना गर्ने प्रतिबतता गर्दै विरोध र्याली सुभारम्भ गर्नुभो ।

स्थानियहरुले र्‍याली मात्र निकालेनन सडक छिटो निर्माण गर्नका लागि दवाव दिदै कोण सभा समेत गरेकाछन्। उनीहरुले कलंकीमा कोण सभा गरेर सरकारी अकर्मण्यताको विरोध गरे।

कलंकी नागढुंगा सडक निर्माण कार्य विगत ३ वर्ष देखि सुरु गरि निर्माण कार्य ढिलाई गरेर सडकलाई अस्तब्यस्त बनाएर छाडेकोले, धुलो धुँवाले जनस्वास्थ्यमा क्षति पुर्‍याइरहेको उनीहरुले गुनासो गरे।

स्थानियहरुले धुलो धुवाँ अति भो जनस्वास्थ्यमा क्षति भो, सरकार आफ्नै मस्तिमा जनता धुवाँ धुलोको सास्तीमा, धुलोको असर दम, टि.बी.क्यान्सर , धुलो अति भो ! खाने कती हो ? जनस्वास्थ्य माथि अति भो खेलवाड लगायतका नारा लगाएर उनीहरुले प्रदर्शन गरेका थिए।

च.न.पा १५ वडाको वडा अधक्ष्य उतम बहादुर राउतले बाटो निर्माण कार्य सम्पन्न नभएसम्म जनताको मौलिक हक अधिकार रक्षाको लागि यस्तै किसिमका विरोध र दबाबका कार्यक्रमहरु सन्चालन गरिरहने बताएको छ ।

तस्बिर: कृपाल खड्का