चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ स्थित ढुङ्गाअड्डामा बग्छन् रगतकाे नदीजस्ता खाेला

  • राेशन दानी

काठमाडाैँ । तलकाे तस्बिर आफैँ हेर्नुहाेस् । कुनै रक्त कुण्ड रगतकाे नदीभन्दा केही कमी छैन । तपाईं याे तस्बिर देखेर आश्चयमा पर्नुभयाे पनि हाेला- याे कस्ताे नदी वा खाेला हाे भनेर ? तपाई एकछिन साेच्नु पनि भयाे हाेला कस्ताे राताे नदी ।

याे दृश्य हाे- चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ स्थित ढुङ्गाअड्डा बल्खु खोलाकाे । जुन रगतझैँ बगेकाे तस्बीर नदीमा प्रिन्टिङ्ग प्रेसबाट निस्किएकाे राताे रङ्गसहित उद्योग बाट निस्किएकाे केमिकल खाेलामा जथाभावी छाडिएपछि देखिएकाे खाेलाकाे दृश्य हाे ।

चन्द्रागिरि वडा नम्बर १५ तिनथानामा देखिएकाे यस्ताे कृयाकलाले हाम्रा खाेलानाला कत्तिकाे सफा, सुन्दर र वातावरण मैत्री एव‌ं प्रदुशणरहित छन् भन्ने देखाएकाे छ ।

किन यस्ता विषयमा स्थानीय निकाय माैन छ ? किन माैन छन् १५ नम्बरका वडाध्यक्ष उत्तमबहादुर राउत ? किन यस्ता गैरकृयाकलाप गर्नेलाई छुट ? प्रश्न खडा भएका छन् तर उत्तर कसले दिने ?

कानुनत: खाेलामा जथाभावी फाेहाेर गर्ने, दुरुपयोग गर्ने, अतिक्रमण गर्नेविरूद्ध कारबाहीकाे प्रावधान पनि छ । यस्ता विषयमा नगरपालिकाकाे ध्यान केन्द्रित भएकाे देखिँदैन ।

खाेलानाला हाम्रा सभ्यता र सम्पदा हुन्, स्वच्छ सफा नदीनाला कायम राख्नु हाम्राे कर्तव्य पनि हाे । पछिल्लो समय नदीमाथि दाेहन, अतिक्रमणले गर्दा खाेला किनाराका घरहरू पनि डुबानमा परिसकेका छन् ।

पछिल्लो समय चन्द्रागिरिमा नियमनकारी निकायले ध्यान नदिँदा खाेलामा जथाभावी प्रदुषण गर्ने, खाेलामा ढल मिसाउने, फाेहाेर फ्याल्ने प्रवृत्ति नयाँ हाेईन, पुरानाे बन्दै गईरहेकाे छ ।

चन्द्रागिरिमा मुख्य खाेला र सहायक खाेलाहरू विभिन्न वडाहरूबाट आउने गरेका छन् । नागढुङ्गा, थानकोट, दहचाेक, बलम्वु, मातातिर्थ, सतुङ्गल, नैकाप, नयाँनैकाप, पुरानाेनैकाप, मच्छेगाँउ र तिनथानाबाट आउने सहायक नदी बल्खुखाेला बनी बग्ने गरेकाे छ ।

दहचाेकबाट आउने ईन्द्रमती, थानकोटबाट आउने भस्मावती र बाड्भञ्ज्याङ्गबाट आउने यक्षमतीकाे पवित्र संगम त्रिवेणी एक धार्मिक एेतिहासिक र पाैराणिक महत्त्व बाेकेकाे स्थान पनि हाे यही नदी धार्मिक स्थल विष्णुदेवी मन्दिर हुँदै ढुङ्गेअड्डा खड्कुलेकाे पुल कलंकी हुँदै बाहिरिने गरेकाे छ ।

विभिन्न बहानमा सजिलाेका लागि नदीमा ढल, रासायनिक पदार्थ, पशुपन्छी काटेकाे रगत, फाेहाेरहरू मिसाइनाले चन्द्रागिरिकाे स्वरूप नै दिनप्रतिदिन कुरूप बन्दै गइरहेकाे छ ।

हिन्दुहरूकाे पवित्र तीर्थस्थल आमाकाे मुख हेर्ने ठाउँले चिरपरिचित मातातिर्थ खाेला हाेस् या हाईभिजन नजिकैकाे खाेला या थानकोट खाेला, अब बिस्तारै-बिस्तारै यसैगरी रगदका खाेला या ढलखाेलामा परिणत हुँदै गईरहेका छन् ।

नदीमा या सहायक खाेलाहरूमा पछिल्लाे समय ढल तथा फाेहाेर जथाभावी मिसाइनाले पूरै दुर्घन्धित मात्र बनाएकाे छैन, यस्ले गर्दा राेगहरूकाे माहामारी समेत फैलाउँदै लगेकाे छ ।

पछिलाे समय दुषित पानी तथा वातावरणका कारण बालबालिकाहरू विशेषत: झाडापखाला, आउँ लगायत फाेहाेर पानीबाट लाग्ने राेगहरूकाे समेत सिकार भईरहेकाे एक तथ्यांकले देखाएकाे छ ।

अब चन्द्रागिरि नगरपालिका र सम्बन्धित वडाका अध्यक्षहरूले छिटाेभन्दा छिटाे आआफ्ना वडाका खाेला नालाकाे बेलैमा अनुगमन गर्नुपर्ने बेला भएकाे छ । खाेलामा जथाभावी ढल, रगत वा उद्योग कलकारखाना बाट निस्केका केमिकल मिसाइएकाे पाइए कारवाही हुनु जरूरी छ । बेलैमा सम्बन्धित निकायकाे ध्यान जावाेस् ।