१५ मुनीका बालबालिका लक्षित नृत्य प्रतियोगिता हुँदै, विजेतालार्इ नगद १ लाख पुरस्कार

चन्द्रागिरि ।

त्रिकाल आर्ट एकेडेमी र मधुरिमा नेपाल कल्चर सेन्टरको संयुक्त आयोजना रहेको ‘लेट मी डान्स स्कुल च्याम्प’ २८ श्रावणबाट राजधानीमा सुरु हुँदैछ । १५ बर्ष मुनिका बालबालिकाको सहभागिता रहने प्रतियोगिताको मुख्य उद्देश्य  बालबालिकाको क्षमता विकास गराउनुका साथै उनीहरुमा लुकेर रहेको प्रतिभा बाहिर ल्याउनु रहेको छ ।

प्रतियोगीताले बालबालिकाको नृत्यमा निखार ल्याउनुका साथै उनीहरुको बौद्धिक विकास समेत गर्ने आयोजक संस्थामा छेडुप लामाले बताए ।

अडिसन सामाखुशी, बौद्ध, कोटश्वर, कलंकी लगायतका स्थानमा अडिसन हुनेछ । प्रतियोगितामा जर्जका रुपमा नृत्य निर्देशक केपी पौडेल, निरिप केसी रहनेछन् ।

दुई हजार बढी बालबालिकाको सहभागी रहने प्रतियोगिताका विजेताले १ लाख, फस्ट रनर अपले ५० हजार, सेकेण्ड रनर अपलाई २५ हजार, थड रनर अपलाई १५ हजारका साथै ट्रफि र गिफ्ट पुरस्कार पाउनेछन् ।