चन्द्रागिरि ।
चन्द्रागिरि केवलकार अासपासका क्षेत्रहरूमा छायांकन गरिएको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । चन्द्रागिरि नगरपालिका ६ का गायक बसन्त थापाको ‘चन्द्रागिरि डाँडैमा….’ बोलको गीतको म्युजिक भिडियो चन्द्रागिरि हिल्सका बटम र टप स्टेशनमा खिचिएका थिए । भिडियोमा नायिका वर्षा शिवाकोटी र गायक थापाका अतिरिक्त अन्य स्थानीय कलाकारको अभिनय रहेको छ । गीतको शब्द, गायन तथा संगित गायक थापाकै रहेको छ ।