उदयपुरमा १२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ

नेपालमा एकैदिन १४ जनमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ। शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना पोजेटिभ भेटिएको हो।

त्यस्तै आजै चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई सदस्यमा कोरोना पोजेटिभ देखिएको छ। उनीहरू बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ।