पुष्पकमल बहुउद्देश्यीय सहकारी संस्था लि. को १० ओं बार्षिक साधारण सभा सम्पन्न

पुष्पकमल बहुउद्देश्यीय सहकारी संस्था लि. मछेगाउँ च.न.पा. ९ को दसौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यलय न्युरोड, काठमाडौंका नायब महाप्रबन्धक दिल्ली राम शर्मा को प्रमुख अतिथि एबं यल हाउजिङ प्रा. लिको प्रमुख राजकुमार श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक लिको प्रमुख बिष्णु गिरी, राणा सुर्ज जे.एम. के इन्भेस्टमेन्ट प्रा.लिको प्रविर शम्शेर बिशिस्ट अतिथिका रुपमा आमन्त्रित सो कार्यक्रम च.न. पा. ९ का वडा अध्यक्ष देबिन्द्र महर्जन अन्य सहकारी संस्थाका प्रतिनिधिहरु लगायत महिला सदस्यहरुको उपस्तिथ थियो ।

आ.ब. २०७३/७४ को अन्त्यसम्म शेयर पुंजी ६,१६४,३००/- निक्षेप संकलन ६०,५५१,२५३/-, कर्जा लगानी ५८,५६७,४४४.९० रहेको संस्थाले खुद नाफा ३३५४२७.४७ /- आर्जन गरि साधारण सभाले पारित गरेको छ ।

संस्थाले सोहि अवसरमा मछेगाउँ निबासी बाबुकाजि मानन्धर, कृष्णमाया शाही, कृष्णमाया मानन्धर, नानिमाया मानन्धर, सुन्तली रावत, हिरा कुमारी गोपाली र किर्तिपुरका छोरीचा माली, हरिमाया मानन्धर, बदी नाराय मानन्धर र बोसीगाउँको देवमाया महर्जन लाइ प्रमुख अथितिबाट दौसल्ला ओढाई जेष्ठ नागरिको सम्मान गरिएको थियो।

सदस्यहरुलाई सेवा अफ प्रभाबकारी रुपमा प्रदान गर्न आगामी दिनहरुमा थप रेमिटेन्स कम्पनिहरुसंग सहकार्य गर्ने, निजिर्वन बिमा एजेन्टको रुपमा काम गर्ने, समान प्रकृतिका सहकारीहरूसंग मितिगत सहकार्यलाइ निरन्तरता दिदैं जाने आगामी योजनाहरु अध्यक्ष अनुप मानन्धर प्रतिवेदनमा उल्लेख गरिएको छ।