
काठमाडौं, जेठ २०—काठमाडौं उपत्यका सडक विस्तार आयोजना अहिले विस्तारका क्रममा रहेका १० वटा रणनीतिक सडकमध्ये ६ वटा सडकमा ६ सय २ घरको मुद्दा परेको छ ।कूल मुद्दा १४ वटा भए पनि एक जनाको नेतृत्वमा १ सय २० जनासम्मले मुद्दा हालेका छन् । सबैभन्दा बढी मुद्दा पर्नेमा कलंकी–नागढुंगा सडकमा ८५ जना, जोरपाटी–साँखु सडकमा १ सय ११ जना, जोरपाटी सुन्दरीजल सडकमा २८ जना र कर्मनाशा खोला–हरिसिद्धी–थैब–बाँडेगाउँ गोदावरी सडकमा १ सय ४० जना छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।