काठमाण्डाै, वैशाख १९ ।
नेपाली कांग्रेसको तर्फबाट घनश्याम गिरीले चन्द्रागिरि नगरपालिकको मेयर पदमा उम्मेवारी दिने भएका छन् । जिल्ला पार्टी कार्यालयमा भएको प्रतिनिधि चयन प्रक्रियामा गिरीले पार्टीको तर्फबाट मेयर पदका लागि टिकट पाएका हुन्, उपमयेरमा इन्द्रावति श्रेष्ठले उम्मेदवारी दिनेछिन् । नेकपा एमाले र माअोवादी केन्द्रले भने यसअघि नै अा-अाफ्ना उम्मेदवारहरूको टुंगो लगाइसकेको छ, जसअनुसार क्रमश प्रल्हाद बहादुर कार्की र श्रीकृष्ण श्रेष्ठले चन्द्रागिरि नगरपालिकाको पहिलो मेयर पदका लागि दाबेदारी गरेका छन् ।
Leave a Reply
You must be logged in to post a comment.