चोरी को सामान सहित मानिसहरु पक्राउ बलम्बु

1446

चन्द्रागिरि,
नेपाल प्रहरीले सतुंगलबाट दुर्इ व्यक्तिहरूलार्इ पक्राउ गरेको छ, पक्राउ गरिएकाहरूको साथमा ८ थान मोबाइल, ल्यापटप, साइकल समेत नियन्त्रणमा लिइएको जनाइएको छ । महानगरीय प्रहरी प्रभाग बलम्बुले बिहीबार अपरान्ह सतुंगल चोकबाट उक्त परिमाणको सामाग्रीहरू सहित तीर्थमान श्रेष्ठ र अनिल राइलार्इ पक्राउ गरेको हो । प्रहरीले उक्त सामाग्रीहरू माथि कसैको मागदाबी रहेमा सप्रमाण महानगरीय प्रहरी वृत्त थानकोटमा सम्पर्क राख्न अनुरोध गरेको छ । प्रहरी प्रभाग बलम्बुले दिएको जानकारी अनुसार नीजहरूबाट निम्न अनुसारका सामाग्रीहरू बरामबद गरिएको छः
१) SWISS GEAR कालो रङको झोला थान १
२) Hp ल्यापटप थान १
३ ) I phone कालो रङको थान १
४) Samsung मोबाईल सेतो रङको थान २
५) OPPO मोबाईल कालो रङको थान १
६) Samsung मोबाईल कालो रङको थान १
७) NOKIA मोबाईल थान १
८) Colors लेखिएको मोबाईल थान१
९)ASUSलेखिएको मोबाईल थान १
१०) EVERSTE साईकल थान १