डाक्टरहरू सडकमा, अस्पतालको सेवा ठप्प

काठमाडौं
डाक्टर तथा स्वास्थ्यकर्मीहरुले आज प्रदर्शन गरेका छन्। भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा २३०,२३१,२३२ र २४० लाई संशोधन गर्न माग गर्दै चिकित्सकहरुले नेपाल चिकित्सक संघको अगुवाइमा आइतबार राजधानी काठमाडौंसहित देशभर प्रदर्शन गरेका हुन् ।
प्लेकार्ड तथा ब्यानरसहित विरोधमा उत्रिएका चिकित्सक तथा स्वास्थ्यकर्मी सम्मिलित र्याली अहिले माइतिघरबाट नयाँ बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभामा बोल्दै डा। गोविन्द केसी, डा। हरिहर वस्ती, डा।केदारनरसिंह केसी, मुक्तिराम श्रेष्ठ, लगायतले चिकित्सकको मनोवल गिराउने खालको व्यवस्था सच्याउन आग्रह समेत गरेका छन् ।



jibss

काउन्सिललाई लाइसेन्स बुझाए

डाक्टरहरुले मेडिकल काउन्सिलको कार्यालयमा पुगेर ६ हजार डाक्टरको लाइसेन्स काउन्सिललाई बुझाएका छन् । नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले मेडिकल काउन्सिलका कार्यवाहक अध्यक्ष नारायण थापालाई लाइसेन्स बुझाएका हुन् ।
संघले भोलि देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द गर्ने, पर्सि आकस्मिकबाहेकका बिरामी भर्ना नगर्ने, बुधबारदेखि आकस्मिक सेवा बाहेकका अन्य अपरेसनहरु बन्द गर्ने, बिहीबारदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द तथा शुक्रबारदेखि आकस्मिक बाहेकका ओपीडीलगायत सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।