
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ५ प्रदर्शनकारी घाइते भएका छन् ।
उपत्यका सडक विस्तार गर्दा पुराना भौतीक सम्पदा तथा धेरै पुराना घर भत्काइएको भन्दै उपत्यकाका विभिन्न जातका समुदायले आक्रोश स्वरुप माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्ने क्रममा झडप भएको हो ।
झडपको क्रममा ५ प्रदर्शनकारी घाइते भएका छन् ।प्रदर्शनलाई साम्य बनाउन प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको र घाईतेहरुको बानेश्वर स्थीत अस्पतालमा उपचार भैरहेको छ ।