
त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा सडक खण्ड अन्तर्गत नागढुङ्गा भन्दा केहि मिटर तल ट्याङ्गकर बिग्रीएकाले सवारी साधनको ठुलो जाम रहेको छ । ईलाका प्रहरी कार्यलय खानीखोलाले उक्त सडक खण्डमा अहिले सवारी साधन एक तर्फि मात्रै सञ्चालन भईरहेको जनाएको छ । अहिले नागढुङ्गाको झन्डौ १५ किलो मिटर जाम धार्के सम्म आएको छ । हिजै बनाउन कोसिस गरिएको ट्याङ्गकर नबनेकाले आज बनाउने समेत प्रहरीले जानकारी दिएको छ ।
यसरी एउटा गाडी बिग्रदा पनि सवारी साधनको लामो जाम पर्ने् यस सडक खण्डमा सरकारी चासो खासै देखिएको छैन । रात्री सेवा तथा अन्य माल बाहक सवारीहरुका यात्रुमा लामो समय सम्म जाममा बस्नु पर्ने बाध्यता रहेको छ । यसले यात्रुहरुमा हैरानी थपिनुका साथै बिरामीहरु छिटै अस्पताल जान समेत नपाउने स्थिती देखिएको छ । अहिलेको यो सवारी चाप बिहान ९, १० बजेतिर मात्रै सामान्य बन्ने सक्ने प्रहरीले अनुमान गरिएको छ ।