काठमाडौ । कलाकार तथा निर्देशक अमृतमान महर्जनलाई मातृशोक परेको छ। उनकी आमा ८६ वर्षीया माेहनमाया महर्जन काठमाडौं चन्द्रागिरि १२ वलम्वु स्थित अाफ्नै निवासमा निधन भएको हो। केही समयदेखि स्वास्थ्यमा समस्या ब्यहोर्दै आइरहेकी थिइन्। कलाकार तथा निर्देशक अमृत उनको एकमात्र छाेरा हुन्। उनको अन्तिम संस्कार गरिएको छ। अमृत र उनको परिवार निवासमै क्रिया बसेका छन्। स्व. महर्जनका एक छाेरा अमृत र ३ जना छोरी छन् । मृतकको बलम्वुकाे एतिहासिक देप (चिहान) मा दाहसंस्कार सम्पन्न गरिएको छ ।

Leave a Reply
You must be logged in to post a comment.